आँफुभन्दा कान्छा प्रेमीसँग विवाहको तयारीमा रहेकी मलाइको पहिरनको चर्चा



काठमाडौं – बलिउडका अरवाज खानसँग डिभोर्स गरेकी मलाइका अरोडाको खुलेआम रुपमा अर्जुन कपुरसँगको प्रेम सम्बन्ध अघि बढाएकी छन् । हरेक समयसँगै देखिने उनीहरु पारिवारिक पार्टीमा समेत सँगै पुग्ने गरेका छन् ।

हालै जीममा लगाउने पहिरनका कारण पुनः चर्चामा आएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत मलाइकाले आफ्नो बिकिनी लगाएको केही तस्विर सार्वजनिक गरेपछि उनको ट्रोल बनेको हो ।

उनको तस्विरमा एक युजरले कमेन्ट गरेको छ, ‘एक आमा बिकिनी लगाएर इन्स्टामा कसरी फोटो शेयर गर्न सक्छे यो तस्वीर र भिडियो सार्वजनिक भएसँगै सामाजिक संजालमा उनलाई लिएर ट्रोल पनि बनिरहेका छन्।कसैले किशोरीको जस्तो व्यवहार नगर्न सुझाव दिएका छन् त कसैले आफ्नो अनुहार हेर्न सुझाव दिएका छन् ।

Comment