कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विफल



काठमाडौं, ७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विफल भएको छ ।

आज शुक्रबार बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैंठकले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता अविश्‍वासको प्रस्ताव बहुमतले विफल भएको कर्णाली प्रदेश सभामा नेकपाकी प्रमुख सचेतक सिता नेपालीले पत्रकार सम्मेलन गरी जानकारी दिएकी हुन् ।

संसदीय दलको बैंठकमा १८ जना आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावको पक्षमा शुन्य मत परेको छ , किनकी जसले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए , ति सबै आज बसेको बैंठकमा अनुपस्थित भएका थिए ।

Comment