कोरोनाको यो संकटमा सरकारले गरेको कार्यप्रति रुष्ठ हुँदै नेपाली कांग्रेस  जुट्यो (कोभिड -१९) व्यवस्थापनमा



काठमाडौं ७ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको यो संकटमा आम जनतालाई साथ दिन एक भएको छ । आज नेपाली कांग्रेसको संगठन विभागबाट एक विज्ञप्ती जारी गरी सरकारले कोभिड १९ बाट हात झिकेकाले यो संकटबाट आज जनतालाई साथ दिन नेपाली कांग्रेस एक भएको छ ।

विज्ञप्तमिा भनिएको छ , ‘पिसीआर परिक्षण जनता स्वंयमले गर, असाध्यै गाह्रो नभइकन अस्पताल नआउ , मृत्यु भएमा आफै दाहसंस्कार गर, जस्ता गैर जिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुख र निन्दनिय छ । सरकारले यसमा पुरै हात उठाएकाले नेपाली कांग्रेस विपक्षी दलले यो परिस्थितीस्मा आफ्नो भुमिका अपरिहार्य भएको जानकारी दिएका छन्’ ।
‘जनताको हक अधिकारको लागि यगि धेरै संघर्ष र युद्ध गरेको गौरवशाली इतिहास बाकेको नेपाली कांग्रेस र यसको नेता तथा कार्यकर्ताहरुले सरकारले गर्नुपर्ने दायित्व हो भनेर हात बाधेर बस्नु हाम्रो आस्था, दर्शन र संस्कार विपरित हो भन्दै यो विशम परिस्थितिमा तन,मन , र धनले यथासम्धव सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकताको हो विज्ञप्तीमा भनिएको छ । नेपाली कांग्रेसले गर्ने यस्ता विषयहरुको बारेमा विज्ञप्तीमा जानकारी गराइएको छ’ ।

‘देशका हरेक वडामा नेपाली कांग्रेसका नेता कार्यकर्ताले नेपाली कांग्रेसको कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी उक्त वडामा रहेको आवश्यक बजेको समेत सदुपयोग गरी उपयुक्त स्थानमा कोभिड व्यवस्थापन क्यापको सञ्चालन गर्ने । हरेक वडामा वडाअध्यक्षको नेतृत्वमा एक समिति बनाई उक्त समितिको रोहवरमा संचालन हुने गरी बैंक खाता संचालन गर्ने र सो सँग सम्बन्धित प्राप्त रकम र खर्चका विवरण नेपाली कांग्रेसको केन्द्रिय कोभिड व्यवस्थापन समितिलाई बुझाउने’ ।
‘हरेक वडामा आपतकालिन अवस्थामा सम्पर्क गर्न सकिने नाम र सम्पर्क नम्बर सार्वजनिक गर्न रसो अधिकारीले कोभिड व्यस्थापन क्यापमा आवश्यक प्रवन्ध मिलाउने कार्य गर्ने । नेपाली कांग्रसको कोभिड व्यवस्थापन समितिले तर्जुमा गरेका योजताहरु कार्यान्वयन ष्गर्नका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ता , जनप्रतिनिधिहरु ,विभिन्न भातृसंगठनहरुका ािथीहरु तथा प्रजातान्त्रिक ममुल्उ मान्यता मा आस्था राख्ने उद्यमी , व्यवसायी, वुद्धिजिवी वर्ग तथा दाजुभाई , दिदिबहिनीहरुलाई तन,मन र धनले सयोग गर्नका लागि नेपाली कांग्रेस संगठन विभागको तर्फबाट हार्दिक आवाह्रन गरेको छ’ ।

Comment