यस वर्ष दशैँमा राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका नलगाई दिने



काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ ।

विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज शुक्रबार गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

Comment