पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भेटिए ११ सय १० जना कोरोनाका बिरामी



काठमाडौं, ८ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६७ हजार ९ सय ६३ पुगेको छ ।

जसमा काठमाडौंमा ५५ हजार ७७ , भक्तपुरमा ५ हजार १ सय ५० जना र ललितपुरमा ७ हजार ७ सय ३६ जना रहेका छन् । त्यस्तै आज देशभर मुलुकमा थप २ हजार २ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

त्यस्तै आज देशभर २ हजार ८ सय ४६ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ८ सय ४६ जनाले कोरोनालाई जितेका हुन् ।

Comment