नेकपाका नेता जर्नादन शर्मा सहित पत्नी लक्ष्मीलाई पनि कोरोना संक्रमण



काठमाडौं- पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनले आफुलाई कोराना लागेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेतासमेत रहेका शर्माले परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन् ।

कोरोना देखिएपछि उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् । शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको छ । यस अघि बाबुराम भट्टराइ र पत्नी हिसिला यमीलाई पनि कोरोना देखिएको थियो ।

Comment