आज ४०० ले उकालो लाग्यो सुनको मूल्य,चाँदी भने स्थिर — OSNepal

आज ४०० ले उकालो लाग्यो सुनको मूल्य,चाँदी भने स्थिर

LC (KTM) October 28, 2021 0

नेपालमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।

त्यस्तै चाँदी प्रतितोला रु एक हजार २५०मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५०मा नै कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर