कांग्रेसको १४ औं महाधिवेशनको सभापति अर्जुननरसिंह केसी !



काठमाडौं, ९ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अब हुने कांग्रेसको १४औं महाधिवेशनमा पार्टीको सभापति आफु नै हुने जिकिर गरेका छन् ।

आज बिहान एक कार्यक्रममा बोल्दै नेता केसीले आफु कोही भन्दा पनि कमजोर नभएको बताउँदै अहिले व्यक्ति होईन, विचारलाई प्राथमिकता दिनुपर्छ भनेका छन् । अब बन्ने सभापतिले मुलुकमा व्याप्त भ्रष्टाचार काण्डबारे छानबिन गर्ने एजेण्डा बनाउनुपर्ने भन्दै आफु त्यसको लागि तयार भएको बताएका छन् । कार्यक्रममा नेता केसीले भने, उहाँ त उहाँ हाम्रै सभापति हो । नाँच्न नजान्ने अनि आँगन टेढो भन्नुभएन नि । नेतृत्वकर्ताले समन्वय र संयोजन गर्नुपर्छ । उहाँलाई सहयोग गरेको हो । ६ महिनाभित्र विभाग गठन गरेको भए, गरेको गरैहुन्थ्यो । उहाँले आखिर गर्नुभएन । पार्टीलाई नियन्त्रण र कब्जा गर्न बहाना हो । आज दशैंको यो नवमीको दिन हो, म तिक्ततापूर्ण कुरा गर्न चाहँन्न । आफूले आँफैलाई विश्लेषण गरौं ।’

१४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा नेता केसीले आफुले आवाज उठाएको पनि कार्यक्रममा बताए । ,‘म सभापतिको उम्मेद्धवार हुँ । मैले कुनैपनि किसिमको बार्गेनिङ गरेको होईन । म उममेद्धवार हुँ । अहिले पार्टीभित्र वैचारिक रुपमा व्यक्ति परिवर्तन होईन । यो पार्टीलाई नेतामुखी होईन, नीतिमुखी बनाउनुपर्छ । विधिसममत् ढंगले परिचालन गर्नुपर्छ । संस्थागत संरचनजा परिवर्तनको आवश्यकत्ता छ ।’ नेता केसीले उक्त कार्यक्रममा भने ।

Comment