नेपालमा जाडो मौसममा कोरोना भयाभह बन्ने आँकलन, कोरोना संक्रमित ४ लाख पुग्न सक्ने



काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँकलन गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपामा कोरोना संक्रमितको संख्या करिब डेढ लाख छ । दिनप्रतिदिन संक्रमण बढीरहेको छ । जाडो मौसममा संक्रमण झन् बढ्ने र यसको असर धेरै हुने मन्त्रालयको आँकलन छ। ‘जाडो याममा करिब ४ लाख संक्रमित हुने र ६ लाख प्रभावीत हुने हाम्रो आँकलन छ, जाडोको समय हाम्रो लागि झनै चुनौतीपूर्ण छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने ।

यूरोप लगायतका देशमा पनि जाडो सुरु भएयता कोरोनाको दोस्रो लहर बढेको छ, जून पहिलेभन्दा भयाभह छ । नेपालमा पनि जाडो मौसम निकै जोखिमपूर्ण हुने भएको छ । दृष्टि साप्तााहिकमा खबर छ ।

हुन त विभिन्न देशमा भ्याक्सिन पनि निर्माण भइरहेको छ । जून छिटोमा पुस महिनाको अन्तिममा तयार हुनेछ । भ्याक्सिन सफल नै भए पनि नेपाल आउन फागुन लाग्ने देखिन्छ । जसकारण मंसिर, पुस र माघ महिना नेपालमा कोरोना भयाभह बन्ने चिन्ता चिकित्सकहरुको छ । दशैं, तिहारका कारण संक्रमण गाउँ गाउँ पुग्ने र फैलने जोखिम आँकलन गरिएको छ ।

Comment