कोरोनाका कारण पोखराको चरक हस्पिटलमा एक जनाको गयो ज्या’न



पोखरा-पोखराको चरक हस्पिटलमा उपचाररत थप एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा पर्वतको कुश्मा ६ का ५५ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा बिहीबार बिहान ६ः१५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मृ’तक पुरुषमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा निमोनिया, उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्या रहेको उनको बताइएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ७२ पुगेको छ ।

Comment