काठमाडौंका सिडिओ जनकराज दाहाललाई पनि कोरोना संक्रमणको पुष्टि



काठमाडौं ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको रिर्पोटमा दाहाल सहित उनकी पत्नीमा पनि कोरोना देखिएको छ ।

अहिले दुबै दम्पती होम आइसोलेसनमा बसेको बताइएको छ । दाहालले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

Comment