गायक सन्तोष केसीले राधिकासँग मिलेर ल्याए मौलिकता झल्काउने गीत ‘तिहारको देउसी र भैलो’



काठमाडौं, कार्तिक १४ । गायक तथा संगीतकार सन्तोष केसीले तिहारको अवसर पारेर देउसी भौलो सम्बन्धि गीतको भिडियो बजारमा ल्याएका छन् । तिहारमा देउसी र भैलो बोलको गीतको भिडियो साजर्वजनिक गरे लगत्तै ओएस नेपालसँगको कुराकानीमा यो गीबाट आँफु निकै आशावादी भएको बताए ।

शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा लय र शब्द गीतकार केसीकै तथा स्वर राधिका हमाल र गायक केसीकै रहेको छ । जसमा रमेश केसी र संचिता शाहीको अभिनय देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा सम्पाद अमृत चापागाईको रहेको छ भने छायांकन दीपक गिरीको रहेको छ ।

यसअघि पियारु, तिज गित बुबा आमा, कोरोना सम्बन्धी संसार रुँदैछ, आफ्नो भन्नु कस्लाई यहाँ अन्त माया लाको भए, हेर्दा कहाँ देखिन्छ र, छुट्यौँ भने रुनु पर्ला लगायतका गीतमा शब्द संगीत दिइसकेका सर्जक केसी चाडपर्वसँग सम्बिन्धत गीत संगीतमा बढी रुची राख्छन् ।

आधुनिक गीतमा पनि उस्तै दक्खल राख्ने सर्जक केसीले पञ्चेबाजाको साली भेना बोलको गीतको भिडियो बजारमा ल्याउने तयारी गरेका छन् । जसमा गायिका अञ्जु पन्त र केसीकै स्वर रहेको छ । गायिका पन्तले पहिलो पटक पञ्चेबाजाको गीत गाएको सर्जक केसीले जानकारी दिए । हेर्नुहोस् भिडियो

Comment