प्रम ओलीबाट कम्युनिष्ट नेता ठगुवाको निधनप्रति हार्दिक समवेदना व्यक्त



काठमाडौं १४ कात्तिक । पुराना कम्युनिष्ट नेता कमरेड वीरबहादुर ठगुवाको निधन प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना प्रकट गरेका छन् ।

सुदरपश्चिम क्षेत्र विशेष गरी दार्चुलका नेता ठगुवाको निधनले आफुलाई दुखी तुल्याएको प्रम ओलीले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएका हुन् ।

यस दुखद घडीमा दिवंगत ठगुवाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै प्रम ओलीले शोकाकुल आफन्त र परिवारजनमा गहिरो समेवेदना व्यक्त गरेका छन् ।

 प्रधानमन्त्री ओलीको ट्वीट  : सुदूरपश्चिम क्षेत्र, विशेषत: दार्चुलाका पुराना कम्युनिस्ट नेता कमरेड वीरबहादुर ठगुन्नाको निधनले मलाई दुखित तुल्याएको छ । यस दुःखद घडीमा दिवंगत ठगुन्नाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

Comment