वरिष्ठ कलाकार तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण



काठमाडौं । वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । शर्माले शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ । ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’

Comment