बेनी जादै गरेको जीप कालीगण्डकीमा खस्दा दसैंमा मामाघर गएर फर्किएकी १० वर्षीया रियाको गयो ज्यान, १० जना घाइते



काठमाडौं-रघुगंगा–६ पाखापानीदेखि बेनी जादै गरेको जीप बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । ज्यान जानेमा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ जादै गरेकी थिइन् ।खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई पोखरा लगिएको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको थियो ।

तस्बिर: सन्तोष गौतम

Comment