धनराजको प्रश्न  : आकाशे पुल भत्कदा तत्कालीन शासकहरुलाई लज्जाबोध र हिनताबोध भयो की नई ?



काठमाडौं १४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका नेता धनराज गुरुङले गोंगबु बसपार्कको आकाशे पुल भत्कँदा कमिशनकै लागि आकाशे पुल निर्माण गर्न लगाएका तत्कालीन शासकहरुलाई अलि-अलि लज्जाबोध र हीनताबोध भयो कि नाई भन्दै प्रश्न गरेका छन् । नेता गुरुङले आज ट्वीटर मार्फत यसो भनेका हुन् ।

सडक विस्तारको लागि भत्काइएको यो पुल साढे ७ करोड खर्च गरी निमार्ण गरिएको थियो । तत्कालिन सरकारले २०६७ मंसिर ९ गते निमार्ण स्वीकृति लिएको यो पुल निमार्ण भएको ८ वर्षमै विलिन भएको छ ।

चक्रपथ बिस्तार गर्ने सम्झौता चीन सरकारसँग भैसकेकाले आकाशे पुल निमार्ण नगर्नु भन्ने तत्कालिन लेखा समितिको निर्देशन लत्ताएर कमिशनकै लागि आकाशे पुल निमार्ण गर्न लगाएका शासकहरुलाई यो पुल भत्कँदा अलिकति पनि लज्जाबोध हुनुपर्ने प्रश्न गरेका हुन् नेता गुरुङले ।

नेता धनराजको ट्वीट: गोंगबुको आकाशे पुल पनि भत्काएछ। चक्रपथ बिस्तार गर्ने सम्झौता चीन सरकारसँग भैसकेकोले चक्रपथमा आकाशे पुलहरु निर्माण नगर्नु भन्ने तत्कालीन लेखा समितिको निर्देशन लत्याएर कमिशनकै लागि आकाशे पुल निर्माण गर्न लगाएका तत्कालीन शासकहरुलाई अलि-अलि लज्जाबोध र हीनताबोध भयो कि नाई ?

Comment