भ्वाइस अफ नेपालबाट फालिएकी सन्जु साँच्चिकै डिप्रेसनमा गएकी हुन् ? के भन्छिन् सञ्जुकी आमा ? हेर्नुहोस् भिडियो — OSNepal

भ्वाइस अफ नेपालबाट फालिएकी सन्जु साँच्चिकै डिप्रेसनमा गएकी हुन् ? के भन्छिन् सञ्जुकी आमा ? हेर्नुहोस् भिडियो

LC (KTM) May 24, 2021 0

द भ्वाइस अफ नेपालको ब्याटल राउन्डसम्म पुग्न सफल सन्जु मोक्तान बाहिरिएपछि यतिबेला एकदमै चर्चामा छिन् ।उनी बाहिरिएपनि उनको पर्फर्मेन्स र उनको नाममा एकदमै सकारात्मक प्रतिक्रियाहरु यततत्र सर्वत्र फैलिरहेको छ । सन्जुको भक्तपुरमा जहाँ उनको निवास छ त्यहि गएर अन्तर्बार्ता लिएका छौ र आजको यश शृङ्खलामा सोही पेश गर्दछौ ।

सन्जुको मिउजिकल करियर र भाबि योजना उपर आजको अन्तर्बार्ता केन्द्रित छ ।ब्याटल राउन्डबाट आउट हुदा त अवश्य मन रोयो नै तर देश बिदेश र आफन्तजनबाट अत्याधिक साथ सपोर्ट पाइरहदा भने खुसि भएको उनी बताउँछिन् ।एकदमै इमान्दार र सिधा ,कहिलेपनि नकारात्मक क्रियाकलाप नगर्ने र एकदमै मिजासिलि स्वभावकि सन्जु भएको आमाले बताउनुभयो ।आमा बताउनुहुन्छ कि सन्जुले केही भनेको भन्दा दस गुणा बढि आफुले दिएको र अभावको कहिलेपनि महसुस हुन नदिएको उहाँ बताउनुहुन्छ ।

ब्याटल राउन्डमा रबि र सन्जुले गाईरहदा आफ्नो छोरिको नाताले सन्जुले जिते हुन्थ्यो भन्ने लागेपनि मानवताको हैसियता रबिको दुख कष्ट हेर्दै गर्दा जो कोहिले जिते पनि आफू खुसि हुने आमाले बताएकि थिइन् ।घरमा सन्जु मात्रै एकल छोरी हुन् र ज्वाइँ भने एक्दमै व्यवहारिक र तडकभडक गरेर नहिड्ने खालको र हाम्रो परिवारमा सहजै घुलमिल हुने खालको चाहिने उहाँ बताउनुहुन्छ ।घरज्वाई हैन छोरिको मनमा बस्ने चहि हुनपर्यो भन्दै ठट्यौलि पनि चल्यो ।

सन्जु सानै देखिनै एकदमै ट्यालेन्ट थिइन ,एसएलसि साथै प्लस टु मा स्कुल र सगसगै कलेज टप सम्म गरेकि सन्जुको सांगीतिक यात्रा मात्रै नभई पठनपाठनमा पनि उतिकै रुचि र सफलतानै सफलता पाउदै आएकि छिन् । ब्लाईन्ड अडिसन को नतिजा टिभिमा आउनै नपाउदै सन्जु ब्याटल राउण्डबाट आउट भैसकेको थिइन् ।

अडिसन धेरै अघि लिइयो तर टिभिमा धेरै पछि देखाउदा दुखि त छदै थियो उता ब्याटल राउन्डबाट नि आउट भैसक्यो तर अडिसननै टिभिमा नआउदा हदसम्मको दुख लागेको र सन्जु लगभक डि’प्रेसनको सिकार नै भएको थिइन् ।भोट र साथ दिने दर्शकहरुले पनि पारदर्शी ढंगले कहाँ गर्न पाए होलान् र । हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर