छोराको उमेरकै ठिटोसँग पत्नि भागेपछि तनावमा पति, साउथ फिल्ममा जस्तो दृश्य देखियो, हेर्नुहोस् भिडियो — OSNepal

छोराको उमेरकै ठिटोसँग पत्नि भागेपछि तनावमा पति, साउथ फिल्ममा जस्तो दृश्य देखियो, हेर्नुहोस् भिडियो

LC (KTM) May 24, 2021 0

मैले कमाएको सम्पत्ती माग्छस् तँलाई लाज लाग्दैन थुक्क नामर्द भन्दै अर्कैसंग गएकी श्रीमतीले फोनमा थर्काएपछि अहिले श्रीमान रुँदै सार्वजनिक भएका छन् ।उनले श्रीमानको सम्पत्ती केही पनि आफुले नलिएको दावी गर्दै श्रीमतीले भनिन्, तेरो मैले एक रुपैया पनि लिएको छैन गाडी मात्र खुल्न दे न म त्यहँ आएर तँलाई देखाइदिन्छु । जसले मेरो बे इ ज्ज त गर्दै मिडियामा मेरा कुरा सार्वजनिक गरेको छ । त्यो मिडिया पनि फुटाइदिन्छु भन्दै फोनमा थ र्का एकी छन् ।

आफुले कमाएर जोडेको सम्पत्ती जे जति छ सबै लिएर अर्कैसंग गै भन्ने आरोप लगाएपछि श्रीमतीले यसरी थर्काएकी हन् । राजकुमार राजवंशी दमक ९ का हुन् । उनको श्रीमती सुमी राजवंशी हुन् ।आफ्नो श्रीमती सुमीलाई सन्तोष लिम्बु भन्ने मानिसले लिएर गएको उनको आरोप छ । गएको ५ गते घर छोडेर हिँडेको श्रीमतीले ९० हजार रुपैया र सुनाचाँदी गहना, लुगाहरु पनि लिएर गएको बताएका छन् । झण्डै अढाई तोला सुन लिएर गएको उनको भनाई छ ।

१९ वर्ष र १३ वर्षको दुई सन्तानकी आमा अर्कै पुरुषसंग विवाह गरेर गै भनेर अरुले जानकारी दिएपछि आफु कामवाट फर्केर आएको बताएका छन् । घरमै हुँदा पनि आफुलाई राम्रो विवाह नगरेको बताए । अहिले २ छोरा छोडेर गएपछि अब म ३६ वर्षको उमेरमा के गरुँ भन्दै गुनासो गरेका छन् ।

फोनमा श्रीमतीसंग सम्पर्क गरेका उनले श्रीमतीवाट पनि राम्रो ब्यवहार नपाएको बताए । उनले अब श्रीमती फर्केर आएर आफ्नो लगेको सुन पैसा फिर्ता देओस् भन्ने उनको चाहना छ । संगै काम गर्ने केटासंग श्रीमती गएको उनको भनाई छ । आफुले देखेको भएपनि सन्तोषलाई भने आफुले नचिनेको बताए । हेर्नुहोस तलको भिडियो –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर