अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको वर्ष दिन पुग्यो, तर अझै पाएनन् पिडितले न्याय — OSNepal

अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको वर्ष दिन पुग्यो, तर अझै पाएनन् पिडितले न्याय

LC (KTM) May 25, 2021 0

काठमाडाैं । जेठ ११ गते जातीय विभेदविरुद्धको कालो दिन अर्थात् अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको दिन । सोमबार एक वर्ष भएको छ । यसबीचमा संघ र प्रदेश राजनीतिक घटनाक्रम फेरबदल भए । संघ र प्रदेशमा सरकार हेरफेर मात्र भएनन् मध्यावधी चुनावसमेत घोषणा भयो । तर गत वैशाख ११ गते जातीय विभेदका कारण ज्यान गुमाएका परिवारले न्यायको अनुभूति गर्न पाएनन् ।सरकार फेरबदल र राजनीतिक अन्य घटना क्रमले यो परिवारमा खुसी ल्याउन सकेन । सकोस् पनि कसरी यो परिवार न्यायको पर्खाइमा थियो ।

रुकुम पश्चिमको चौरजहारी–८, सोतीमा रहेकी आफ्नी प्रेमिकालाई बिहे गर्न गएका नवराजसहितका साथीहरुलाई त्यहाँको सिंगो गाउँ जाइ लाग्दा नवराजसहित ६ जनाको हत्या भएको थियो । गाउँलेले जातीय अपशब्द बोल्दै ढुंगामुडासहित कुटपिट गरेका थिए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ । उक्त कुटपिट पछि ११ जना नदीमा हाम फाले । पाँचजनाले नदी पार गरेका थिए भने नवराजसहित ६ जनाको शव नदी भेटिएको थियो । शरीरमा निलडाम, आँखामा गहिरो चोट लागेको र हात बाँधिएको अवस्थामा शव भेटिएका पीडित परिवारले जनाएका छन् ।

पीडित परिवारले कुटपिट पछि गम्भीर घाइते बनाइ नदीमा फालेको दाबी गर्दै आएका छन् । डोरीले बाँधिएको लोकेन्द्रको शवले शंका गर्ने ठाउँलाई अझ बलियो बनाउने पीडित परिवारको भनाइ छ । सामूहिक हत्यापछि पीडित परिवारले आजीवन काराबासको माग गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत गरी तीनवटा मुद्दा जिल्ला अदालत रुकुम पश्चिममा दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर