बेलायतमा २४ घन्टामा ४४ हजार भन्दा बढि कोरोना संक्रमित थपिए — OSNepal

बेलायतमा २४ घन्टामा ४४ हजार भन्दा बढि कोरोना संक्रमित थपिए

LC (KTM) October 28, 2021 0

११ कात्तिक । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ ।अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर