वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए पद तथा गोपनियताको शपथ ग्रहण — OSNepal

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए पद तथा गोपनियताको शपथ ग्रहण

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्रले पद तथा गोपनियताको शपथ ग्रहण खुवाएका हुन् ।

नेकपा एकिकृत समाजवादीका पाण्डे सत्ता गठवन्धनको समर्थनमा प्रदेशमा मुख्यमन्त्री बनेका हुन् । बुधबार अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनमा दिएपछि आज बिहिबार पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेल ेनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी प्रदशेको मन्त्रिपरिषद विस्तार समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर