वैदेशिक रोजगारबाट श्रीमान घर आए,श्रीमती ९ वर्षको छोरा लिएर फरार — OSNepal

वैदेशिक रोजगारबाट श्रीमान घर आए,श्रीमती ९ वर्षको छोरा लिएर फरार

LC (KTM) October 28, 2021 0

काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि भियतनाम थिए । उनी नेपाल फर्किए तर घरमा भएकी श्रीमती छोरा सहित हराइन् । श्रीमानले आफन्त र चिनेजानेकाहरुकोमा सोधीखोजी गरेको बताउँछन् । उनले नेपाल आएपछि आर्थिक कारोवारका बारेमा थाहा पाए । श्रीमतीले एक जनालाई ब्याजमा पैसा दिएको रैछन् । ति ब्यक्तिले ब्याज दिइरहेका थिए तर पछिल्लो समय ति ब्यक्ति सम्पर्क विहिन भएपछि श्रीमती निकै चिन्तित भएको थाहा पाएका थिए ।

ति ब्यक्तिले ४ लाख रुपैया लिएका थिए । तर पछि पैसा लिएका ब्यक्ति सम्पर्क विहिन भएपछि श्रीमतीले चिन्ता मान्दा श्रीमानले तिमी चिन्ता नलेउ हामी सक्षम छौं फेरी पैसा कमाउन सकिन्छ भनेर सम्झाएको बताउँछन् । उनी कतार, मलेसिया हुँदै विभिन्न मुलुक बसेर अन्तिम समय भियतनाम थिए ।

खडानन्द गैरेकी श्रीमती यसरी हराएकी हुन् । उनी गुल्मीका हुन् तर अहिले कालिका नगर वुटवलमा बस्दै आएका थिए । उनको श्रीमतीको नाम संगिता गैरे हो । उनीहरुको प्रेम विवाह भएको हो । स्कूलमा संगै पढेका, एउटै गाउँका हुन् उनीहरु । आफुहरु जान्ने हुँदा देखि नै एक अर्कालाई चिन्छन् । बाल सखालाई उनले विवाह गरेका हुन् । त्यसैले उनले श्रीमतीलाई निकै विश्वास गर्थे । उनले अहिले पनि श्रीमतीलाइ त्यस्तो शंका गरेका छैनन् । उनी कुनै ठूलै समस्यामा परेकी छन् की भन्ने लागेको छ ।

श्रीमान विदेश भएका कारण श्रीमती सानिमाको घरमा बस्दै आएकी थिइन् । तर अचानक आफ्नो ९ वर्षको छोरा लिएर हिँडेकी हुन् । उनले सानिमाको पनि सबै आर्थिक ब्यवहार हेर्ने गरेकी थिइन् । त्यती धेरै विश्वासिलो संगिता अचानक हराएपछि उनका श्रीमान निकै चिन्तित भएका छन् । उनले खोजीका लागि सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर