कोटेश्रबाट १९ वर्षीय युवराज र जुलावसिंह यस्तो अबस्थामा पक्राउ — OSNepal

कोटेश्रबाट १९ वर्षीय युवराज र जुलावसिंह यस्तो अबस्थामा पक्राउ

LC (KTM) October 28, 2021 0

काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह स्याङ्बो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्रबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा चरेस फेला पारेपछि पक्राउ गरिएको जनाइएको छ ।

यसैबीच सोही ठाउँस्थित सडकबाट १५० ग्राम गाँजा र ९०० ग्राम चरेससहित ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्ने ३४ वर्षीय अविनाश राजभण्डारीलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर