आलु खेतीबाट गत वर्ष निराश भएका ताप्लेजुङका कृषक यस बर्ष उत्पादन वृद्धि भएपछि छन् खुशीले फुरुगं — OSNepal

आलु खेतीबाट गत वर्ष निराश भएका ताप्लेजुङका कृषक यस बर्ष उत्पादन वृद्धि भएपछि छन् खुशीले फुरुगं

LC (KTM) October 28, 2021 0

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत वर्ष निराश भएका कृषक यस याममा उत्पादनमा सुधार आएसँगै उनीहरु उत्साहित भएका हुन् ।

फक्ताङलुङ –६ का पेमा शेर्पाले एकमुरी मुरी आलु गत असारमा रोप्नुभएको थियो । उहाँले भन्नुभयो “ सातमुरी भन्दा वढी उत्पादन भयो ” । सोही गाउँका उटुक र टाँसी शेर्पाले पनि गतवर्षको भन्दा दोब्बर आलु उत्पादन भएको जानकारी दिनुभयो ।
हिमाली क्षेत्र भएकाले याङ र घुन्सामा अन्य खेतीपाती हुँदैनन् । आलु भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो ।

ती क्षेत्रमा उत्पादन भएको आलु अगामी मङ्सिरको तेस्रो सातादेखि याकमार्फत ढुवानी गरेर चेनेसम्म पु¥याउने गर्दछन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषक तयारी हुन्छन् । आलु बीउका लागि तल्लो क्षेत्रका समुदायले कोदो, मकैलागयतका अन्न बोकेर दुई÷चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रका आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष ती क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले जानकारी दिनुभयो । विगत वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । आलु उत्पादनमा सुधार आएसँगै आलु कृर्षकमा आशा पलाएको स्थनीयवासी भनाइ छ । यी क्षेत्रमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक सङ्कलन नभएको फक्ताङलुङका कृषि शाखाका प्रविधिक सहायक ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर