पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त — OSNepal

पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त

LC (KTM) October 28, 2021 0

पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकामा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश लम्साल १९९७ साल वैशाख ९ गते काठमाडौँमा जन्मिनुभएको थियो । उहाँले २०१८ पुस २ गते न्याय सेवामा प्रवेश गर्नु भई २०४४ सालमा मध्यमाञ्चल क्षेत्रीय अदालतको अतिरिक्त न्यायाधीश हुँदै २०४९ असार १ गते पुनरावेदन अदालत नेपालगञ्जको मुख्य न्यायाधीश भएर काम गर्नुभएको थियो । उहाँले २०५४ साउन १७ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भई २०५५ चैत ५ गते स्थायी न्यायाधीशमा नियुक्ति भएर २०६२ वैशाख ८ गते उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो ।

अदालतमा सेवारत् रहँदा लम्सालको स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न र न्याय तथा कानूनको क्षेत्रको विकासका लागि अतुलनीय योगदान रहेको र उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादी र मार्गदर्शक रहिरहने सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार पूर्व न्यायाधीश लम्सालको शोकमा शुक्रकुनै पनि सुनुवाइ हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर