बागलुङमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिए — OSNepal

बागलुङमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिए

LC (KTM) October 28, 2021 0

बडिगाड गाउँपालिका–९ मालारानीमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिएका छन् । आज बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको घरमा रहेको कुखुराको खोरमा छिरेको चितुवालाई दिउँसो नियन्त्रणमा लिइएको हो ।

लखेट्न खोजेपनि अटेर गरेर खोरमै बसेको चितुवा पछि आफै निस्केर मानिसहरु झुम्मिएको ठाउँतिर आएपछि गाउँले मिलेर समातेका थिए । खोरबाट भगाउन जम्मा भएकामाथि झम्टन आएको चितुवालाई हातैले समातेर नियन्त्रणमा लिइएको स्थानीय युवा राजन पाइजाले बताउनुभयो । “चितुवा एक्कासी हामी भएतिर आयो, म, दीपक केसीलगायतका साथीहरु भएर समात्यौँ”, पाइजाले सुनाउनुभयो ।

चितुवासँग भिड्दा नङ्ग्राले खुट्टामा सामान्य घाउ लागेको र कपडा च्यातिएको पाइजाले बताउनुभयो । उहाँले जीवनमा पहिलोपटक चितुवासँग आमनेसामने भएको उल्लेख गर्नुभयो । अन्दाजी दुई वर्षको चितुवालाई जनप्रतिनिधि, प्रहरीलगायतको रोहबरमा घटनास्थलदेखि तीन किमि टाढा रानीवनमा लगेर छाडिएको सब डिभिजन वन कार्यालय बडिगाडका फरेस्टर दीपकबहादुर श्रीस थापाले बताउनुभयो । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर