किसानलाई सरकारले ६५ प्रतिशत राहात दिने — OSNepal

किसानलाई सरकारले ६५ प्रतिशत राहात दिने

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । बेमौसमा आएको बाढी पहिरोका कारण पुगेको धानबालीमा पुगेको क्षतिको सरकार ६५ प्रतिशतसम्म राहात दिने भएको छ ।

आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो । बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म दिने भएको छ ।

त्यसगैगरी बैठकले ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।

भित्राउने बेला भएको धानबाली पुर्ण रुपमा क्षति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त स्थानको अवलोकन समेत गरेका थिए । भ्रमणबाट फर्र्किलगत्तै प्रधानमन्त्री देउवा सरकारले यस्तो निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर