व्यक्तिगत स्वार्थका लागि विदेशी मालिकको आदेश शिरोपर गर्ने नेताहरु विदेशी दलाल भएको गुरुङको टिप्पणी



काठमाडौं ५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता धनराज गुरुङले विदेशी मालिकको आदेश शिरोपर गर्ने नेताहरुलाई विदेशी दलालको संज्ञा दिएका छन् । नेता गुरुङले आज ट्वीटर मार्फत विदेशी दलालहरु नै हर्ताकर्ता हुनु नेपाली राजनीतिको दुर्दशा भएको बताएका हुन् ।

यस्ता दलालहरुलाई नेपाली जनताले बेलैमा चिन्न नसके देशको सार्वभौमसत्ता जल्न धेरै समय नलाग्ने बताएका छन् ।

नेता गुरुङको ट्वीट  : ब्यक्तिगत स्वार्थका लागि दिल्ली वा बेइजिङ्गको मालिकको आदेश शिरोपर गर्ने नेताहरु बिदेशी दलाल हुन्। उनै बिदेशी दलालहरु नै हर्ताकर्ता हुनु नेपाली राजनीतिको दुर्दशा हो। बिदेशी दलालहरुलाई जनताले बेलैमा चिन्न नसके हाम्रो सार्बभौमसत्ता चितामा जल्न धेरै कुर्नु पर्दैन। चेतना भया ? 

Comment