बस्तीमै आएर स्थानीयवासीमाथि आ’क्रमण गर्ने चितुवा नियन्त्रणमा



दमौली, ६ मङ्सिर- आँबुखैरेनी गाउँपालिका–२ पौवा गाउँमा आज बिहान खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले तिहारभन्दा अगाडि उक्त ठाउँमा राखेको फलामको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

चितुवा अन्दाजी १२ वर्षको र ४० किलोभन्दा बढी रहेको सहायक वन अधिकृत सुरेश भुजेलले जानकारी दिनुभयो । “स्थानीयले पालेका वस्तुमाथि आ’क्रमण बढ्न थालेपछि कार्यालयले फलामको खोर राखेको थियो”, उहाँले भन्नुभयो, “खोरमा परेर भाले चितुवा नियन्त्रणमा आएको छ ।” नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु र शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आ’क्रमणबाट बालबालिकाले ज्या’न गुमाएका छन् । चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आ’क्रमण गर्ने गरेको छ । (रासस)

Comment