पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय २३ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९३ हजार ३ सय ३५ पुगेका छन् ।

मन्त्रालयका अनुसार आज मात्रै थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।

Comment