बलिउड चर्चित कमेडियन भारती सिंह र उनका श्रीमान पक्राउ



काठमाडौ । चर्चित बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान पक्राउ परेका छन् । भारतिय मिडियाका अनुसार नारकोटिक कन्ट्रोल ब्यूरोले उनको घरमा शनिवार छापा मारेको हो ।

लागू औषध कारोवारीले उनिहरु दुबैको नाम लिएपछि एनसीबीले सिंहको घरमा छापा पारेको हो । उनको घरबाट नशालु पदार्थ फेला परेपछि एनसीबीले भारती र श्रीमानलाई हिरासतमा लिइएको स्रोतको दाबी छ ।

यस अघि पनि बलिउडमा ड्रग केसमा अभिनेत्री सारा अलि खान, रिया चक्रवर्ती, श्रद्धा कपुर लगायतका लोकप्रिय कलाकारहरु पनि मुछिएका थिए ।

Comment