भारतमा कोरोना महामारी : कोरोना पोजेटिभको हल्लाले सलमान तनावमा



मुम्बई । अभिनेता सलमान खानले बिग बोसको सुटिङ केही क्षण रोकेर आफ्नो कोरोनाको नमुनाका लागि स्वाब परीक्षण गराएका छन् । केही मिडियोमा अभिनेता सलमानको कोरोना रिपोर्ट पोजेटिभ आएको समाचार प्रसारण भएपछि उनले कोरोनाको लागि स्वाब परीक्षण गर्नुपरेको हो । उनी यस्तो हल्लाले तनावमा थिए ।

उनीसँग जोडीएका ड्राइभर, घरका कामदारसहित केही व्यक्तिको यही दीपावलीपछि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएपछि उनी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । राजधानि दैनिकमा खबर छ । सोही आधारमा उनलाई पोजेटिभ हुन सक्ने भन्ने समाचार सुरुमा आयो । सो समाचार सामाजिक सञ्जालमा सलमानलाई पोजेटिभ भएको भन्ने हिसाबले फैलिएपछि उनका शुभचिन्तकहरू चिन्तत भएका थिए । जसका लागि सलमानले कोरोना परीक्षण गराएका छन् । उनको रिपोर्ट नेगेटिभ आएको छ ।

सलमानसँगै उनको पुरै परिवारले कोरोना परीक्षण गराएका छन् । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । फेरि बिग बोसको छायांकनमा जोडिएका अभिनेता सलमानले आफू कोरोनाबाट सुरक्षित भएको र रिपोर्ट नेगेटिभ आएकाले चिन्तित नहुन शुभचिन्तकलाई अनुरोध गरेका छन् ।

Comment