बढ्यो सुनको मूल्य



काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । शुक्रबार तोलामा ९४ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ रहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment