सिहंदरबारमा बसेर लुट्नलाई गणतन्त्र नेपालमा राजतन्त्रको सिंहदरबार भने भत्काइएन



काठमाडौं ७ मंसिर । प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका नेता धनराज गुरुङले सिंहदरबार नभत्काइनुमा त्यहीँ बसेर लुट्नु रहेको धारण राखेका छन् ।

नेता गुरुङले आज ट्वीटर मार्फत गणतन्त्रमा नेपालको अगाडी संघीय लोकतान्त्रिक राखियो । राजपरिवारका शालिक भत्काइयो , बनिसकेका सडक तथा हस्पिटलको नाम परिर्वतन गरियो र नेताहरुको नाम राखियो तर सिंहदरबारमा बसेर लुट्नको लागि त्यो सिंहदरबार भने भत्काइएन भन्दै नेता गुरुङले आक्रोश पोखेका छन् ।

नेता गुरुङको ट्वीट गणतन्त्र :

१.’नेपाल’को अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र लेखियो।
२.राजपरिवारका शालिकहरु भत्काइयो।
३.गणतन्त्रका ठुटे राजाहरुको शालिक समेत राख्न थालियो।
४.बनिसकेका सडक,हस्पिटल आदिको नाम परिवर्तन गरेर नेताहरुको नाम राखियो।
* सिंहदरबार भत्काइएन किनकि त्यहीँ बसेर जो लुट्नु छ। लज्जाबोध ! 

Comment