शरीरभरी ट्याटु बनाएकै भरमा जागिर पाइनन् यि सुन्दरीले



काठमाडौँ । ट्याटु बनाएकै भरमा कतिका जागिर जान्छन् त कति कारवाहीमा पर्छन् । जसमध्ये खानै लागेको जागिर गुमाएकी एक किशोरीको कथा भन्दैछौँ आज हामी । खबर हो स्कटल्यान्डको । विक्टोरिया थामसन नामकी एक १८ वर्षे किशोरीले जागिर पाएपछि अन्तरवार्तामा जाँदा शरीरभरीका ट्याटुकै कारण खाली हात फर्किनुपर्यो ।

अनलाइनबाट जागिरका लागि पक्का भएको भएता पनि भेटका क्रममा उनको शरीरमा भएको धेरै ट्याटुको कारण म्यानेजरले कामको जिम्मा नदिने बताएसँगै उनलाई कडा झड्का लागेको हो ।

अन्र्तवार्ताको लागि उनलाई बोलाउँदा विक्टोरिया निकै खुशी भएको भएता पनि उनको खुशी धेरै समय टिक्क पाएन ।

त्यो पनि ट्याटु मोहका कारण । विक्टोरीयाले काममा आवश्यक परेमा ट्याटु छोप्न पनि सकिने थियो भन्दै आक्रोस पोखेकी छिन् । उनले आफु महिला भएकै कारण भेदभाव भोग्नु परेको भन्दै कम्पनी विरुद्ध आक्रोश पोखेपनि उनले एउटा राम्रो अवसर गुमाएकी छिन् ।

Comment