प्रचण्ड टेडिएपछि प्रम ओली देउवासँग मिलेर जान राजी



काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर जाने भएका छन् ।

हिजो साझँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो भेटघाटमा प्रम ओली र सभापति देउवाबिच राजनीतिक विषयको बारेमा छलफल भएको बुझिएको छ , भने छलफलमा भविष्यमा मिलेर जाने पनि जानकारी प्राप्त भएको छ ।

प्रम ओली र देउवा बिच तत्कालिन समयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गतिविधिलाई लिएर पनि छलफल भएको छ । आफुलाई पनि अध्यक्ष प्रचण्डले धोका दिएको भनी देउवा पनि प्रम ओलीसँग मिलेर जान सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । आफ्नै पार्टीलाई एकतामा राख्न नसकेका ओली र समयमा पार्टीको महाधिवेशन गर्न नसकेको देउवाबिच सँगै मिलेर जाने सहमति भएको छ ।

आफुलाई प्रम को पदबाट हटाउने तयारी आफ्नै पार्टीबाट चलिरहँदा प्रम ओलीले आफुलाई बचाउन देउवाको सँगको साथ रोजेको हो ।

Comment