शेयर कारोबार रकममा नयाँ रेकर्ड — OSNepal

शेयर कारोबार रकममा नयाँ रेकर्ड

LC (KTM) May 25, 2021 0

काठमाडौं, जेठ ११ । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।

जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।

देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख ३६ हजार ४९९ पटकको व्यापारमा हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भएको हो ।

कारोबार रकममा सर्वाधिक अंश यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ओगटेको छ । आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको कम्पनीको शेयरप्रति सोमवार उच्च आकर्षण रहेको देखियो । यस दिन यस कम्पनीको १ अर्ब २६ करोड १९ लाख बराबरको शेयर कारोबार भयो ।

सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ७ दशमलव १० प्रतिशत बढेको छ । यस दिन प्रतिकित्ता ३९ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य ५८८ कायम भयो । आर्थिक अभियान दैनिकबाट

हालसम्मकै उच्च रकमको कारोबार भएको दिन निर्जीवन बीमासमूह र लगानी समूहको परिसूचक सर्वाधिक बढेको छ । यस दिन निर्जीवन बीमा समूहको १ दशमलव ३९ प्रतिशत र लगानी समूहको १ दशमलव ३७ प्रतिशत परिसूचक बढेको छ । बैंकिङ समूहको शून्य दशमलव २२ प्रतिशत, जलविद्युत्को शून्य दशमलव १८ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर