आफ्नो पदीय दायित्व पुरा गर्न नसक्ने प्रम ओली नालायक सरकार ! : नेता गुरुङ



काठमाडौं ७ मंसिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कन्द्रिय सदस्य रहेका नेता धनराज गुरुङले प्रधामन्त्री केपी शर्मा ओलीले आफु प्रम को पदबाट ओर्लनु अगावै आफु नालायक बनेको स्पष्ट रुपमा देखाएको धारणा राखेका छन् ।

नेता गुरुङले ट्वीटर मार्फत सरगरमाथा चढ्नेले त शिखर पुगेपछि ओर्लनु पर्छ भने प्रम को पदमा पुग्नेले पनि एक दिन त्यो पद छोड्नै पर्छ भन्दै फरक मात्र यति हो सगगरमाथा चढ्नेले सकुशल ओर्ले पुग्छ भने प्रम पदको दायित्वभार ग्रहण गर्न सक्नु नालयम भएको आलोचना गरेका हुन् ।

पछिल्लो समय नेकपामा देखिएको मनमुटावले यति बेला नेकपा पार्टीका अध्यक्षद्धयको चौतर्फी टिकाटिप्पणी भइरहेको छ ।

 नेता गुरुङले ट्वीटरमा लेखेका छन् ,सगरमाथा चढ्नेले शिखरमा पुगेपछि ओर्लनु पर्छ। प्र.म.पदमा पुग्नेले पनि एक दिन पदबाट ओर्लनै पर्छ। फरक यतिमात्रै छ कि सगरमाथा चढ्नेले शिखरमा पुगेपछि सकुशल ओर्ले पुग्छ तर प्र.म. पदमा पुग्नेले पदीय दायित्व पूरा गर्न नसके प्र.म.पदबाट ओर्लनु अघि नै उ नालायक बनिसकेको हुन्छ। चेतना भया !

Comment