पाण्डे माथि भएको अभद्र व्यवहार रोक्न नेता पोखरेलको नेतृत्व तहलाई आग्रह



काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले हिजो सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारले आफु दुखी भएको बताएका छन् ।

नेता पोखरेलले आज एक कार्यक्रममा बोल्दै यसो भनेका हुन् । यस्तो घटना अब नदोहोरिन नेतृत्व गर्ने सरकार गम्भिर हुनु पर्ने बताएका नेता पोखरेलले नेकपामा देखिएको विवादलाई छलफलको मध्यमबाट समाधान गर्न सकिने पनि कार्यक्रममा बताएका छन् । अब आफुहरु एकताबद्ध भएर जनतामा जानु र समृद्धिको यात्रा गर्नु बाहेक अर्को अधिकार नभएको पनि नेता पोखरेलले उक्त कार्यक्रममा बताएका छन् ।

उनले अघि भने , सबै संयमित भएर अघि बढ्नुपर्ने साथै पार्टीको विधि भन्दा माथि कोही पनि नरहेको जानकारी समेत दिएका छन् ।

Comment