आफ्नो पदलाई जोगाउन  प्रम ओली  सत्ता साझेदारी गर्न देउवासँग सहमत



काठमाडौं ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुसर देउवाबिच सत्ता साझेदारीको विषयमा छलफल भएको छ ।

हिजो शनिबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा भएको  भेटवार्तामा प्रम ओली सभापति देउवाबिच भएको सत्ता साझेदारीको विषयमा छलफल भएको कांग्रेस निकटका केही नेताहरुले जानकारी दिएका हुन् । संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफलमा बालुवाटारबाट देउवालाई डाकिए पनि केही छलफलको केही समय पछि सत्ता साझेदारीको विषयमा छलफल भएको बुझिएको छ ।

नेकपा पार्टी भित्रै विवादले चरम उत्कर्ष लिइरहेको समयमा सभापति देउवा र प्रम ओलीको यो भेटलाई निकै चासोको विषयको रुपमा हेरिएको छ । भेटवार्तामा प्रम ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन समयमा पार्टी भित्र आफु विरुद्ध गरेको गतिविधिको बारेमा पनि देउवासँग छलफल गर्दा देउवाले पनि आफु अध्यक्ष प्रचण्डसँग रुष्ट भएको र आफुलाई पनि घात गरेको बताएको पनि बुझिएको छ । कांग्रेस निकटले भन्यो , ‘प्रम ओलीले सत्ता साझेदारीको विषयमा कुरा गर्दै आफु मिलेर जान तयार भएको पनि बताए’ ।

आफ्नो कामका चौतर्फी आलोचना हुँदा प्रम ओली आफ्नो पदको रक्षा गर्न अब प्रचण्डलाई छाडेर सभापति देउवासँग मिलेर सरकारमा जाने राजी भएका छन् ।

Comment