नेकपाको सत्ता-भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन : गुरुङ



काठमाडौं ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका नेता धनराज गुरुङले नेकपाको सत्ता भाँडभैलोमा सहभागी भएर कांग्रेस सती जान नहुने स्पष्ट धारणा राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हिजो प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा भएको भेटवार्तामा कांग्रेसलाई आठ मन्त्रालय दिने र सत्ता साझेदारी गर्ने सहमति पछि नेता गुरुङले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । गुरुङ लेख्छन्, नेपाली कांग्रेसलाई ५ वर्षको लागि प्रतिरक्षामा रहेर कार्य गर्ने जानदेश रहको छ । त्यसैले नेकपासँगै सती जानु हुँदैन ।

  नेता गुरुङको ट्वीट : श्रद्धेय सभापति@DeubaSherbdrज्यु !  यदि दि यो समाचार सत्य हो भने म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु ‘कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ। नेकपाको सत्ता-भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन। जय नेपाल! 

Comment