कोरोना जोखिमका कारण मङ्सिर ५ गतेदेखि सबै विद्यालय बन्द



सिमकोट, ७ मङ्सिर- कोभिड–१९ को उच्च जोखिमका कारण जिल्लाका सम्पूर्ण विद्यालय यही मङ्सिर ५ गतेदेखि बन्द भएका छन् ।

उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका–६ को याल्वाङ्ग गुम्बामा आठजनामा कोरोना सङ्क्रमण देखिएपछि प्रजिअ चिरञ्जीवी गिरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मङ्सिर ५ गतेदेखि अनिश्चितकालका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने र आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ । (रासस)

Comment