आफु सत्तामा टिकिराख्नन प्रम ओली संकटकाल घोषणा देखि कांग्रेसलाई ८ मन्त्रालय दिएर सत्ता साझेदारी गर्न समेत तयार



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसका सभापति शेर बहादुर देउवासँग सत्ता साझेदारी गर्न सहमत भएपछि नेपाली राजनीतिमा फेरि अर्को तरंग पैदा भएको छ ।

हिजो शनिबार बालुवाटारमा प्रम ओली र सभापति देउवा बिच भएको भटवार्तामा प्रम ओलीले नेपाली कांग्रेसलाई ८ मन्त्रालय दिने जानकारी दिएका थिए । सरकार साझेदारीमा चलाउन सहमत भएका प्रम ओलीले सहमतिको लागि आफु तयार भएको पनि बताएका थिए । तर सभापति देउवाले भने प्रचण्डसँग मिलेर जान आग्रह गरेका तथा कोरोना नियन्त्रणमा उचित कदम चाल्न सुझाव दिएका कांग्रेस निकटका नेताहरुको भनाई छ ।

पार्टीमा बढ्दै गएको विवादले आफ्नो पदको जोखिम भएपछि प्रम ओलीले सचिवालय बैंठक अघि आफ्नो भेटघाटलाई बाक्लो बनाएका छन् । संयुत्त रुपमा भेट्नुपर्ने चारवटै सुरक्षा निकायका प्रमुखसँग आज प्रम ओलीले छुट्ट -छुट्टै भेट गरेका छन् । जसबाट के स्पष्ट हुन्छ भने संकटकाल घोषणा गर्ने अधिकार पाएका प्रम ओलीले कोरोनालाई कारण बनाएर आफु सत्ता रहने रणनीति बनाइरहेको बुझिन्छ ।

पार्टी भित्रको विरोधीलाई असफल बनाउँन प्रम ओलीले संसद बिघटन गर्ने बलियो सम्भावना पनि देखिन थालेको छ । आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घात गरेको र पार्टी एकता संकटमा परेको भन्दै प्रम ओलीले देउवाको साथ मागेका छन् ।

Comment