बङ्गलादेशमा चार लाख ४५ हजार जनामा कोरोना संक्रमण



ढाका, ६ मङ्सिर – सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जनाएको छ ।
बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार ३४१ पुगेको र कोभिड–१९ सङ्क्रमित छ हजार ३८८ भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

विगत २४ घण्टामा १३ हजार ८७० व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा दुई हजार ६० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । आइतबार कोभिड–१९ सङ्क्रमित थप ३८ जनाको मृत्यु भएकमो छ ।

बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका दुई हजार ७६ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६२ हजार ४२८ व्यक्ति निको भएका छन् ।
तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।(रासस÷सिन्ह्वा)

Comment