साहित्यकार ‘अमर’ सम्मानित



साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’ आईतबार काठमाडौंमा सम्मानित भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गीतकार अमरलाई सम्मान गरेका हुन् । नेपाली सञ्चार क्षेत्रमा निष्पक्ष समाचारबाट सुसूचित गराउने उदेश्यले सञ्चालित गोर्खालाइभ अनलाइनको उद्घाटन समारोहमा गीतकार महर्जन सम्मानित भएका हुन् । अमरलाई ‘गोर्खा लाइभ सम्मान-२०७७’बाट सम्मानित गरिएको हो । कार्यक्रमको सभापतित्व दिपक गुरुङले गरेका थिए भने प्रमुख अथिती नेकपाका प्रवक्ता श्रेष्ठ रहेका थिए ।

Comment