अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमे : फस्ट रनरअप नित्या, सेकेण्ड रनरअप बने खावात



काठमाडौं । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले जितेका छन् । अन्तिम प्रतिस्पर्धामा रहेका ५ प्रतिस्पर्धीलाई उछिन्दै अनुभवले उपाधि चुम्न सफल भएका हुन् ।

त्यस्तै फस्ट रनरअपको उपाधि नित्या शर्माले जितेकी छिन् भने सेकेण्ड रनरअपको उपाधि खावात ब्बाले जित्न सफल भएका छन् । थर्ड रनरअपको उपाधि खगेन्द्र अधिकारीले कब्जा गरेका छन् भने फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भएकी छिन् ।

सो अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले नेपाल सरकारको प्रतिनिधित्व गर्दै यो महामारीको समयमा पनि नेपाली कला संस्कृति र साहित्यको जर्गेना र उत्थानमा हिमालयन म्यूजिक एकेडेमीको योगदारको चर्चा गर्नुभयो ।


भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा बोल्दै राजदुत कार्कीले कलाकारिता क्षेत्रमा गरिने कामको सरकारले जहिले पनि साथ सर्मथन दिने विषयमा जोड दिनुभयो ।

कार्यक्रममा आयोजकका तर्फबाट बोल्दै अध्यक्ष गजमेरले उक्त पुरस्कार कोरोना महामारीको संकट टरेपछि एक भब्य कार्यक्रमको आयोजना गरेर बिजेताहरुलाई प्रदान गरिने जानकारी दिनुभयो ।

उहाँले कला र नेपाली कला संस्कृति र साहित्यको जर्गेना र उत्थानमा हिमालयन म्यूजिक एकेडेमीले भोलीका दिनमा पनि सक्रिय भएर यि र यस्ता गतिबिधिहरुमा निरन्तरता दिने बताउनुभयो ।

प्रतियोगितामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, बाध्य बाधन लगायतका विधामा प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर र अन्यलाई शान्तवना पुरस्कारको पनि ब्यबस्था गरिएको हिमालयन म्यूजिक एकेडेमीले जनाएको छ ।

प्रतियोगीतमा जजका रुपमा लोकप्रिय नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलुगं, सन्तोष रामदाम र गोपी दाहाल रहेका छन् ।

कार्यक्रमको संचालन सिद्ध निरौला, अस्मिता रसाइली र रमेश दियालीले संचालन गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजक सेन्टरलाइट होम केयर रहेको छ ।

Comment