लिखित आरोपको जवाफ लिखितमै दिने अध्यक्ष प्रचण्डको तयारी
काठमाडौं १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने पूरक प्रस्ताव तयार पारेका छन् ।
गत कातिक २८ अध्यक्ष प्रचण्डले प्रम ओली माथि ३७ पृष्ठ लामो प्रतिवेदन सचिवालय बैठकमा पेश गरेपछि त्यसको जवाफमा प्रम ओलीले मंसिर १३ गते बसेको सचिवालय बैंठकमा ३७ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ,भने आज प्रचण्डले सोही ३७ पृष्ठ लामो प्रम ओलीको प्रस्तावको पुरक जवाफ दिने भएका खुमलटार स्रोतले जनाएको छ ।
यही मंसिर १८ गते बस्ने स्थायी कमिटिको बैंठकमा प्रस्तावलाई पेश गर्न अध्यक्ष प्रचण्डले पुरक प्रस्ताव तयार पारेका हुन् । तर , यता ओली समुह भने दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा लैजान नहुने बताउँदै आएका छन् । प्रचण्ड निकट एक नेता भने लिखित रुपमै जवाफ दिन तयार भएका प्रचण्डले प्रम ओलीको ३७ पृष्ठ लामो प्रस्ताव अध्ययन गरेका छन् ।
लिखितको आरोपको जवाफ मौखितमा दिएर रेकर्ड नहुने भन्दै प्रचण्डले प्रम ओलीको प्रस्तावको जवाफ लिखित रुपमै दिने भएका छन् ।