राजावादीहरुलाई सरकारले दियो कडा चुनौती, जुलुस तथा प्रर्दशन गरे कारवाही गर्ने चेतावनी



काठमाडौं, १६ मंसिर । पछिल्लो समय राजावादीहरुले गरेको वृहत प्रर्दशनमा सरकारको ध्यानाकषर्ण भएको छ । हिजो काठमाडौंको माइतिघरमा भएको प्रर्दशन पछि यस विषयलाई लिएर सरकारले विज्ञप्ती नै निकालेको छ । जुलुस तथा प्रर्दशन नगर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल प्रसाद पनेरुद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ , ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलु, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सुचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमको भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरित हुने भएकाले त्यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

यसको बेवास्ता गरेर उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

Comment
error: Content is protected !!