भोली सचिवालय बैंठक बस्छ र पर्सी स्थायी कमिटीको बैंठक पनि पुर्वनिधारित समयमै बस्ने : प्रवक्ता श्रेष्ठ



काठमाडौ १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैंठक भोली फेरि बस्ने भएको छ ।

आज बसेको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा औपचारिक छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दुवै अध्यक्षको प्रस्तावमाथि भोली बस्ने बैंठकमा छलफल हुने भएको छ ।

१८ गते बस्ने भनिएको स्थायी कमिटिको बैंठक पुर्व निधारित समयमै बस्ने पनि प्रवक्ता श्रेष्ठले बताए । भोली सचिवालय बैंठक बसेपनि पर्सी स्थायी कमिटीको बैंठक बस्नेमा कुनै फेरबदल नहुेने बताए । बैठकमा अन्य नेताहरुले पनि सामान्य टिप्पणी गरेको र राजतन्त्रको पक्षमा गरिएको आन्दोलनको कुनै अर्थ नरहेको प्रवक्ता श्रेष्ठले बताए ।

Comment
error: Content is protected !!