काठमाडौँ उपत्यकामा ५३० कोरोना सङ्क्रमित थपिए



काठमाडौँ – काठमाडौँ उत्यकामा थप ५३० कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २९० पुरुष र २४० महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ६५६ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४०९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

२१ को मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।

Comment
error: Content is protected !!